दिगोको ब्राण्ड एम्बासडरमा मदनकृष्ठ श्रेष्ठ |
काठमाडौं । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्राण्ड दूत (ब्राण्ड एम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्राण्डका सबै रेञ्जका विद्युतीय गाडीको ब्राण्ड दूतको भूमिकामा रहनेछन् । अग्रणी एवं जीवन्त कलाकार श्रेष्ठले दिगो ब्राण्ड तथा मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीको विश्वास छ ।
पहिलोपटक विद्युतीय सवारी साधनको ब्राण्डलाई अनुमोदन गर्दै श्रेष्ठले भने, ‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । ई–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसावले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ । चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा म प्रशन्न छु ।’
श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ हेमन्त पुरानिकले मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । उनले क्षमतावान तथा हरेक नेपालीका लागि आदर्श व्यत्तित्व जसलाई पर्दामा हेर्नु जादु जस्तै लाग्दथ्यो तर आज सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए ।
यो साझेदारी सुरु गर्नका लागि मदनकृष्ण श्रेष्ठसँग मिलेर शून्य उत्सर्जनको लक्ष्यलाई प्रवद्र्धन गर्ने दिगो विद्युतीय सवारी साधनको अभियान सञ्चालन गर्न पाउँदा दिगो निकै उत्साहित रहेको कम्पनीले बताएको छ ।