गोपी कृष्ण न्यौपाने बने उदयपुर सिमेन्टका महाप्रबन्धक |
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने सहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन् । समितिमा पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण विडारी समेत थिए ।
माछापुच्छ्रे बैंकका संचालक रहेका न्यौपानेसँग संचालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरी ग्रुप जस्तो प्रतिष्ठित संस्थामा महाप्रबन्धकको रुपमा दुई दशक लामो समय काम गरेको अनुभव छ ।