मेरी स्टोप्स नेपालद्वारा हेल्पलाइन नम्बर ‘११४३’ सुचारु |
काठमाडौं । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल∕मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवाका लागि चार अंकको हेल्पलाइन नम्बर सञ्चालनमा ल्याइएको हो ।
सुनौलो परिवार नेपाल∕मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ । नयाँ सञ्चालनमा ल्याइएको हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नोरोजाईमा प्रजनन्सम्बन्धि निर्णय लिन सहयोग गर्ने विश्वास मेरी स्टोप्सले लिएको छ ।
सुनौलो परिवार नेपाल∕मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापितमेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो । ११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ ।
“मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ ।
मेरी स्टोप्स नेपालको बारेमा
सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैर सरकारी संस्था हो । सुनौलो परिवार नेपालले मेरी स्टोप्स् नेपालको साझेदार संस्थाको रुपमा विभिन्न कार्यक्रमहरू संचालन गर्दछ । यस संस्थाले नेपालका युवा र वयस्कका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दछ ।
ईच्छा विपरीत हुने जन्महरू रोक्नका लागि सुनौलो परिवार नेपालले सुलभ मूल्यमा गुणस्तरीय सेवाहरूको पहुँच बढाउँदै आएको छ । साथ साथै यस संस्थाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना र बुझाई बढाउन विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।
सुनौलो परिवार नेपालले पैरवीमा आधारित कार्यक्रमहरू अघि सार्र्दै खास गरी सीमान्तकृत तथा पहूँचमा नभएका जनसंख्याका साथै सन्पूर्ण व्यक्तिहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मौलिक अधिकार प्रयोग गर्न सहयोग गर्दछ ।