नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यबिधि लागू |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू भएको छ । नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि पुस १ गते देखिनै लागू भएको हो ।
कार्यविधि अनुसार इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक आदीको प्रयोगको लागि, तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता आदीको व्यापारिक तथा पुनः प्रयोजनको लागि, संचार माध्यमहरुको समाचार निमार्ण तथा प्रदर्शन प्रयोजनको लागि, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग –विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरु र विदेशी कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनको लागि तथ्यांक उपलब्ध हुनेछ ।
नेप्सेले न्युनतम मापदण्ड पुरा भए नभएको निरिक्षण गरेर मात्रै उपलब्ध हुनेछ ।
नेप्सेबाट उपलब्ध हुने तथ्यांकमा प्राप् गर्नको लागि शुल्क त्रैमाशिक रुपमा भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।