एचआईडिसीएलले क्रेडिट रेटिङ्ग सकेपछि शत प्रतिशत हकप्रद निष्काशन गर्ने |
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले क्रेडिट रेटिङ्गको काम सम्पन्न भएपछि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्नको लागि क्रेडिट रेटिङ्ग गराउनु पर्ने भएकोले त्यसको सम्पुर्ण कार्य सकिएपछि हकप्रद निष्काशन गर्ने भएको हो ।
कम्पनी शत प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसकेको छ । तर हालसम्म अनुमति भने पाएको छैन ।
कम्पनीले सातौं वार्षिक साधारण सभाको निर्णय अनुसार ११ करोड कित्ता हकप्रद जारी गर्ने सम्बन्धमा संस्थापक शेयरधनीहरुबाट रकम प्राप्त भएको जनाएको छ ।
५० प्रतिशत स्वामित्व रहेको कम्पनीले संस्थापक शेयरधनीहरु नेपाल सरकार,अर्थ मन्त्रालयबाट २ अर्ब २० करोड, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको १ अर्ब १० करोड रुपैयाँको दरले ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त भइसकेको जनाएको छ ।
यस्तै अन्य संस्थापक शेयरधनी संस्थाहरुबाट हकप्रद शेयर लिने सम्बन्धमा आवश्यक निर्णय गर्न छलफल भइरहेका कम्पनीले जनाएको छ ।