प्राइम कमर्सियल बैंकले बोलायो पुस २९ मा एजीएम, बुक क्लोज कहिले ? |
काठमाडौं । प्राइम कमर्सियल बैंकको १३ औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५℅ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २० गते बुक क्लोज गर्दैछ । पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।