छिमेक लघुवित्तको पुस २९ गते एजीएम बस्ने, २९℅ लाभांश पारित गर्दै |
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २९℅ लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभाबाट २२℅ बोनस सेयर र ७℅ नगद गरी कुल २९℅ लाभांश पारित गर्न लागेको हो । यस्तै, सभाले सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्ने भएको छ ।
अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ । साथै, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चाक समितिलाई दिने प्रस्ताव छ । सभा प्रयोजनका लागि पुस १५ देखि २९ गतेसम्म बुक क्लोज हुने भएको छ ।
पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । साधारण सभा हेटौंडास्थित होटल सामना प्रालि मा बिहान ११ बजे बस्नेछ । हाल छिमेकको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।