कोरियोग्राफर अश्विनी कान्त झालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ |
काठमाडौं । फेसन र डान्स कोरियोग्राफर अश्विनी कान्त झा ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय आयोजना गरेको एक समारोहमा झालाई सो सम्मान दिएको हो ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले झालाई नगद १ लाख रुपियाँ सहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ प्रदान गरेका थिए ।
मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झा परेका हुन् । यस वर्ष यो विधाबाट सम्मानि हुने झा एक्लो प्रतिभा हुन् ।
लामो समयदेखि फेशन, नृत्य तथा सौदर्य प्रतियोगिताको कोरियोग्राफी गर्दै आएका अश्विनीले हालसम्म २ सयभन्दा बढी व्युटी पेजेन्ट तथा फेशन शोका कोरियोग्राफी गरिसकेका छन् । यस क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्युटी पेजेन्ट र फेशन शोका लागि कोरियोग्राफी गरेका छन् ।
सम्मानले आगामी दिनमा अभैm उत्कृष्ट र देशलाई चिनाउने कार्य गर्दै जाने प्रेरणा मिलेको झाले बताए ।