नेप्सेले ५० प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
नेप्सेको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद (वोनसमा लाग्ने कर समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश पारित गर्न नेप्सेले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । सभमा प्रस्तावित लाभांश पारित गर्नुका साथै अधिकृत, जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ ।
साधारणसभा प्रयोजनको लागि नेप्सेले पुस १८ गते बुकक्लोज गर्ने भएको छ ।