साधना लघुवित्तको लाभांश संशोधन, बोलायो पुस २९ गते एजीएम |
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । अब साधनाका सेयरधनीले १८℅ बोनस सेयर र बोनसमा लग्ने कर तिर्न ०.९४७℅ नगद लाभांश पाउने भएका छन् । यस अघि कम्पनीले १९℅ बोनस सेयर र कर तिर्न १℅ नगद लाभांश दिने घोषणा गरेको थियो । तर नियामक नेपाल राष्ट्र बैंकको निर्देशनपछि लाभांशमा संशोधन भएको हो ।
साधनाले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जनु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिने भएको छ ।
सभा होटल गोरखा बिसौनी, गोरखामा बिहान ११ː४५ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साधनाले पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।