शाइन रेसुंगाको पुस २९ मा एजीएम, सेयर संरचना परिवर्तन गर्ने |
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले १३℅ बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभ्नुपूर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१℅ र सर्वसाधारण समूहको ४९℅ हिस्सा बनाउने एजेन्डा पनि छ ।
सभा बैंकको केन्द्रीय कार्यालय कालिकानगर बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा प्रयोजनका लागि शाइनले पुस १६ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।