रैराङ हाइड्रोपावरले लाभांश वितरण नगर्ने, पुस २९ गते एजीएम |
काठमाडौं । रैराङ हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी संचालक समितिको पुस ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले लाभांश वितरण नगरी यस वर्षको नाफा संचितिमा राख्ने निर्णय गरेको छ । यस्तै कम्पनीले पुस २९ गते कम्पनीको कर्पोरेट कार्यालय थापाथली काठमाडौंमा १७ औं वार्षिक साधारण सभा समेत बोलाएको छ ।
साधारण सभाले संचालक समितिको अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिबेदन छलफल गरी स्वीकृत गर्ने, वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ ।
यस्तै कम्पनीले मर्जर तथा एक्वीजिशस सम्बन्धी कार्यलाई निरन्तरता दिने सम्बधमा पनि छलफल गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस २० गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन् ।