प्राइम लाइफले लाभांश पारित गर्न साधारण सभा बोलायो |
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स संचालक समितिको पुस ६ गते बसेको बैठकले अघिल्लो आर्थिक वर्षको लाभांश पारित गर्न १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
इन्स्योरेन्सले पुस २७ गते सोमबार ११ː३० बजे कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंबाट भिडियो कन्फ्रेन्स मार्फत साधारण सभा बोलाएको हो ।
साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०७५∕७६ को मुनाफाबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस र कर सहित ८ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गर्ने छ ।
उक्त बोनस पछि जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पनि स्वीकृत गर्ने तयारी गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७५∕७६ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात,एकीकृत आयव्यव हिसाब,नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि पुस १६ गते देखि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १५ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।