पोष्ट–कोभिड आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउँदै |
जकार्ता । कोभिड–१९ युगमा क्षेत्रीय सुधारलाई प्रोत्साहित गर्न आसियानले आफ्नो डिजिटल इन्टिग्रेसनको गति बढाउने भएको छ । जसले २०२५ सम्ममा जीडीपीमा १ खर्ब अमेरिकी डलरको उत्थान गर्ने सम्भावना रहेको आसियान इकोनोमिक समुदायका उपमहासचिव डा. अलादीन डी. रिल्लाले बिहीबार एक अनलाइन प्यानलमा भने ।
कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदायले ह्वावेको सहकार्यमा नीति निर्माणकर्ता, शिक्षाविद् र उद्योग विशेषज्ञहरु माझ डिजिटाइज आसियानको लागि डिजिटल कनेक्टिविटी, चुनौति र सम्भावितताको अवस्थाको बारेमा अन्तरकृया गरेको छ ।
लादिन डी. रिल्लोले भने, ‘म डिजिटल कनेक्टिभिटी र रूपान्तरणलाई महत्वपूर्ण प्राथमिकता र क्रस–कटिंग मुद्दाहरूको रूपमा हेर्छु जसले अर्थव्यवस्थाको हरेक क्षेत्रलाई असर गर्दछ । त्यसकारण, यसलाई बहु–स्टेकहोल्डर दृष्टिकोण वा प्रतिक्रिया आवश्यक पर्दछ र यसका लागि निजी क्षेत्र लगायत ह्वावे जस्ता स्टेकहोल्डरको सहभागिता पनि आवश्यक छ ।’
आसियानले यस क्षेत्रका धेरै प्राथमिकताहरूलाई सम्बोधन गर्न र डिजिटल रूपान्तरण चली रहने सुनिश्चितताका लागि देश, शिक्षाविद् तथा निजी क्षेत्र जस्तै ह्वावे कम्पनीका सबै स्टेकहोल्डरको योगदान आवश्यक भएको रिल्लोले बताए । यसमा डिजिटल सीप सुधार गर्ने, डिजिटल डाटा शासन ब्यबस्था प्रवर्धन गर्ने र साइबर सुरक्षालाई सुदृढ पार्ने काम समावेश छ । यो दुई सम्भावनाहरूमार्फत पूरा गर्न सकिन्छ, पहिलो हो डाटाको प्रयोगले नीतिहरू मार्गदर्शन गर्नु र सार्वजनिक सेवा पु¥याउनु र दोस्रो लचिलोपन प्राप्त गर्नको लागि डिजिटल सोलुसनहरू प्रदान गर्नु रहेको छ ।
कोभिड–१९ महामारीको क्रममा आईसीटीले कोरोनाभाइरसविरूद्ध लडाईमा मुख्य भूमिका खेल्दै आएको छ र यसको प्रतिकूल प्रभावहरू कम गर्न मद्दत गर्ने बताएको छ । आसियान क्षेत्रमा उद्योगहरूले अधिक विश्वास गर्न थालेका छन् कि महामारी पश्चातको रिकभरीलाई गति दिनको लागि आईसीटी एक प्रमुख कारक हुनेछ । डिजिटल प्रविधिको प्रयोग व्यवसाय, सरकार र ६५० करोड जनसंख्याको समाजलाई अगी बढाउनको लागि डिजिटल रूपान्तरणले आसियान देशका सदस्यहरूबीचको सम्पर्कलाई मजबुत बनाउँदछ ।
एफपीसीआईका संस्थापक र अध्यक्ष डा. डिनो पट्टी जालालले कोभिड–१९ महामारीले विश्वलाई असर पार्दै गर्दा डिजिटल कनेक्टिभिटी अझ सान्दर्भिक हुँदै गएको बताए । अनुसन्धानले देखाएको छ कि मजबूत कनेक्टिभिटी पूर्वाधार भएका देशहरूले यसको प्रकोपबाट हुने नकारात्मक आर्थिक असरलाई आधासम्म कम गर्न सक्दछ ।
एफपीसीआईका अध्यक्षले भने, ‘डिजिटलीकरणको सन्दर्भमा हामीसँग थप डिजिटल साक्षरता, डिजिटल पहुँच र डिजिटल पूर्वाधार हुनु आवश्यक छ । यदि हामीले यी चीजहरू पायौंं भने हामी वास्तवमा शिक्षाको मुक्ति प्राप्ती को लक्ष्य प्राप्त गर्न सक्छौं । सबैभन्दा महत्वपूर्ण कुरा त १० आसियान देशहरू बीचको नियमनको तालमेल हो । हामीले आसियानलाई डिजिटलाइज गर्ने जुनसुकै लक्ष्य भए पनि मुख्य चुनौती नियममा नै रहनेछ । एकपटक हामीले यसलाई सुल्झाउने बित्तिकै छलांग प्रगति गर्न सकिन्छ ।’
दीनोसँग यस्तै विचारहरू साझा गर्दै ह्वावे एशिया प्यासिफिक उपाध्यक्ष जे चेनलाई विश्वास छ कि ज्ञान, प्रविधि र डाटाको उपयोग गर्दा डिजिटल एकीकरणले क्षेत्रीय अर्थतन्त्र बृद्धि गर्न आसियान सदस्य देशहरूको प्रयासलाई समन्वय गर्न मद्दत पु¥याउँछ र आसियानको लागि नयाँ ग्लोबल डिजिटल अर्थव्यवस्थामा एक सहि र स्वायत्त आर्थिक शक्तिलाई आफ्नो स्थान अझ सुदृढ पार्न ढोका खोलिदिन्छ ।
सूचना र सञ्चार प्रविधि पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी वैश्विक प्रदायकको रूपमा ह्वावे क्षेत्रीय डिजिटल रूपान्तरण र एकीकरणको पहलमा आसियानलाई सहयोग गर्न हाम्रा वैश्विक साझेदारहरूसँग काम गर्न समर्पित भएको जे चेनले बताए ।