एनएमबि बैंकले घोषणा गर्यो १६.२० प्रतिशत लाभांश |
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी ३.२० प्रतिशत नगद लाभांश गरी कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको ४१२ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६ रुपैयाँ ९६ पैसा छ ।