नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सुरेश प्रसाद खत्री नियुक्त |

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाई गरिएको हो ।