समृद्धि फाइनान्सको बोलायो साधारण सभा, हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दै |
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको छ । फाइनान्सले पुस २७ गते, मंगलबार, होटल सामना, हेटौँडा, मकवानपुरमा उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको हो ।
सो सभा बिहान ११ बजे शुरु हुनेछ । कोभिड महामारीको जोखिमका कारण साधारण सभामा अनलाइन प्रविधिमार्फत सहभागि हुन गरी शेयरधनीहरुलाई मिटिङ्ग आईडी तथा पासवर्ड उपलब्ध गराउने फाइनान्सले जनाएको छ ।
सो सभाले २ बराबर १ अनुपातमा १०० अंकित दरका २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै , अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरी, काठमाडौँ २८ मा केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने र नयाँ सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले पुस २२ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।