एफएनसिसिआइमा पहिलो पटक पूँजीबजार फोरम गठन |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघ पहिलोपटक पूँजी बजार हेर्नको लागि फोरम गठन भएको छ । महासंघको पदाधिकारी समितिको मंसिर २ गते बसेको बैठकको निर्णय अनुसार अम्बिका प्रसाद पौडेललाई पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेको हो ।
उक्त फोरमलाई पूँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भइ काम गर्ने, पूँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यन्वयन र ऐन नियमनलाई समयसापेक्ष सुधार गर्न सुझाव तयार गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ । यो फोरमले पूँजी बजारको विकास र विस्तारमा का मगर्ने विश्वास गरिएको छ ।
नेपालको पूँजी बजार दक्षिण एसियामा नै प्रबिधि, पूर्वाधार, बाह्य लगानीकर्ताको लागि सहजता, वास्तविक क्षेत्रका कम्पनीहरुको सहज प्रवेशको लागि अझै कमजोर र आगामी दिनमा दक्षिण एसियाकै राम्रो पूँजी बजार बनाउनको लागि कार्य गर्ने पौडेलले बताएका छन ।
उनले आफ्नो कार्य क्षेत्र र जिम्मवारीलाई पूर्ण रुपमा कार्यान्वयन गरी २७ खर्ब भन्दा बढीको पूँजी बजारको विकास र विस्तारको लागि कार्य गर्ने बताएका छन् । छिट्टै ८ सदस्यीय पुँजी बजार फोरममा यो क्षेत्रमा छुट्टै पहिचान र विज्ञता भएका व्यक्तित्वहरुलाई सहभागी गराई पूर्णता गराई कार्य गर्ने पौडेलले बताए ।