सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय खैरहनीमा |

काठमाडौं । सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नया‘ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत् सजिलैसंग भुक्तानी गर्न सक्नेछन् ।
करिब पाँच लाख ग्राहकलाई ११४ शाखा तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रु. ७० अर्ब निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।