शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश |
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल ३ अर्ब १ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले १३ प्रतिशतले हुन आउने ३९ करोड २१ लाख रुपैयाँ बराबरको बोनस प्रस्ताव गरेको हो । उक्त बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।