शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा |
काठमाडौं । धेरै समय टिक्ने ब्याट्री र प्रिमियम फीचर्स भएको स्मार्टफोन मन पराउनेहरूका लागि सामसङले एम सिरिजअन्तर्गत ग्यालेक्सी एम-५१ ल्याएको छ । नेपाली बजारमा पहिलोपटक ७००० एमएएच क्षमताको ब्याट्रीसहित स्न्यापड्रागन ७३० जी रहेको सेट ल्याइएको सामसङ नेपालले जनाएको छ ।
ग्यालेक्सी एम५१ मा ६.७ इन्चको एएमएलइडी प्लस इन्फिनिटी ओ डिस्प्ले छ । साथै सिंगल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहेको कम्पनीले जनाएको छ ।
‘ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ । ग्यालेक्सी एम-५१ मा रिडिफाइन फिचरहरु राखिएका छन्,’ सामसङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणय रत्न स्थापितले बताए । यो स्मार्टफोनमा इन्टलिजेन्ट अन डिभाइस क्वालकम, एआइ इन्जिन, क्वालकम, स्न्यापड्रागन इलिट गेमिङ सुविधाहरु छ ।
स्न्यापड्रागन ७३० जीको एचडीआर गेमिङ, फोर के एचडीआर भिडियो क्याप्चरका कारण एम-५१ मा सफा ग्राफिक्स तथा सिनेमा–क्वालिटी प्राप्त गर्न सकिने छ ।
एम-५१ को स्मार्टफोनसँगै सामसङले टाइप सी २५ वाटको चार्जर पनि उपलब्ध गराउने छ । ७००० एमएएच ब्याट्री २ घण्टाभित्रै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। एएमओ एलइडीको तुलनामा एम-५१ को एएमओ एलइडी प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका छ ।
यो स्मार्टफोनमा ७००० एमएएचको ब्याट्री राख्दा पनि फोन जम्मा ९.५ एमएम पातलो र तौल दुई सय १३ ग्राम रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी एम-५१ को एमओएलइडी प्लस डिस्प्लेले कम पावर खपत गर्छ ।
ग्यालेक्सी एम-५१ को क्वाड क्यामरा सेटपमा, दिन र रातमा फोटो खिच्नको लागि ६४ मेगापिक्सलको सोनी आइएमएक्स् ६८२ सेन्सर छ । यो स्मार्टफोनमा एक सय २३ डिग्रीको फिल्ड अफ भ्यु रहेकाले मानव आँखाले जस्तो देख्छ त्यस्तै फोटो खिच्न सक्ने कम्पनीको दाबी छ । त्यसैगरी ग्यालेक्सी एम-५१मा भएको ५ मेगापिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिने कम्पनीले जनाएको छ ।
यो फोनले सिंगल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्दै १० सेकेन्डसम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरकफरक आउटपुट प्रदान गर्ने बताइएको छ। जसबाट सात प्रकारका फोटो र तीन प्रकारका भिडियो रहने छ ।
एम-५१ दुई मेमोरी क्षमता ६/१२८ जीबी र ८/१२८ जीबीमा ग्यालेक्सी एम-५१ उपलब्ध रहेको जनाएको छ। स्मार्टफोन दुई वटा रंग इलेक्ट्रिक ब्लु र सेलेस्टियल ब्ल्याकमा उपलब्ध छ। ६/१२८ जीबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबी स्मार्टफोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ छ ।