कोजेन्ट हेल्थले इसेवासँगको सहकार्यमा शुरू गर्यो अनलाइन अपोइन्टमेन्ट सेवा |
काठमाडौं । कोजेन्ट हेल्थले नेपालको पहिलो र इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ ।
कोजेन्ट हेल्थले शुरू गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्र्नुका साथै इसेवामार्फत् शुल्कसमेत भुक्तान गर्न सक्नेछन् ।
कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले सेवा शुभारम्भको घोषणा गर्दै भने, ‘स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै बनाइएको यस नवीनतम् सेवाले नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अग्रसर हुने विश्वास लिएका छौं ।’
यो सेवाको शुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने मात्र नभई इसेवाका ३५ लाख बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारहरूले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा विस्तार गर्ने काममा सहयोग पुर्याउँछ ।