भेस्पा र अप्रिलिया स्कुटर किन्दा अफिसियल विन्टर ज्याकेट सित्तैमा |
काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्सले विन्टर अफर ल्याएको छ ।
यसअन्तर्गत यी दुई ब्राण्डका कुनै पनि स्कुटर किन्दा भेस्पा र अप्रिलियाको अफिसियल विन्टर ज्याकेट पाइने छ । यस वाहेक अफिसियल किरिङ समेत पाइने छ ।
नेपाली बजारमा फरक लुक र पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् ।
भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने अप्रिलियाका चार मोडल एसआर १५०, एसआर १५० रेस र एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।