मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश बितरण गर्ने |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६∕०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिका मंसिर २१ गते बसेको बैठकले शेयरधनीलाई १५.५१ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन ।