प्रभु बैंकले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७६∕०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले शेयरधनीलाई १० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि मात्र चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताले पाउने छन् ।