आईसीएफसी फाइनान्सको १५ प्रतिशत लाभांश घोषणा |
काठमाडौं । आईसीएफसी फाइनान्सले शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूजीको १५ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।
फाइनान्स सञ्चालक समितिले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत अर्थात ९ करोड ७२ लाख ८२ हजार ७१० बराबरको बोनस शेयर र कर प्रयोजन सहित ४.५० प्रतिशतले हुने ४ करोड १६ लाख ९२ हजार ५९० रुपैयाँ बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
फाइनान्स सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृत र आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताले पाउने छन ।