मार्जिन सीमाको विरोध गर्दै लगानीकर्ताले राष्ट्र बैंकमा बुझाए ज्ञापन पत्र |
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गर्न लागेको कडाइको विरोध गर्दै आइतबार शेयर बजारसँग सम्बन्धित सङ्गठित लगानीकर्ताको समूहले ज्ञापन पत्र बुझाएको छ ।
आइतबार केन्द्रीय बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई भेटेर सङ्गठित लगानीकर्ताले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै सिवाकोटीले केन्द्रीय बैंकले शेयर बजारलाई असर नपर्ने गरी नीतिमा लचकता अपनाउने आश्वासन दिएको नेपाल शेयर लगानीकर्ता सँघका उपाध्यक्ष तारा फुलेलले जानकारी दिए । उनका अनुसार गभर्नर महाप्रसाद अधिकारीको समेत म्यासेज मार्फत आश्वासन पाएको फुलेलको भनाइ छ ।