मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टस्को नयाँ शाखा बालाजुमा |
काठमाडौं । एसजी अर्गनाइजेसनअन्तर्गत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टस्को नेपालका लागि आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ ।
शाखा उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, नेपाल रिकन्डिसन एसोसिएशनका भूपू अध्यक्ष बी.एन पाठक तथा नेपाल अटो ट्रेड युनियनका माधव पाण्डेले संयुक्त रुपमा गरे ।
कम्पनीले बिक्री, स्पेयर तथा बिक्रीपछिको सुविधा तीनवटै सुविधासहितको उक्त शाखामा अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरेको छ । अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको कम्पनीले ललितपुर र भक्तपुर पश्चात यो तेस्रो शाखा संचालनमा ल्याएको हो ।