केटिएमको नयाँ मोडल आउँदै |
अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमको नयाँ मोडल भारतमा सार्वजनिक हुन लागेको छ ।
कम्पनीले निकट भविष्यमै २०२१ केटिएम १२५ डुक बजारमा ल्याउने तयारी थालेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ। यो मोडल पुरानो डुक १२५ को तुलनामा केही अलग हुनेछ ।
अपग्रेट बाहेक यसमा डुक २०० को फ्रम लगाइने छ। यो केही हदसम्म डुक २०० जस्तो देखिने छ । यो अपग्रेटेड मोडलमा एलइडी डिआरएल सगैँ एंगुलर हेडल्याम्प, नयाँ डिजाइनको फ्यूल ट्याङ्क हुनेछ ।
यसको फ्यूल ट्याङ्क पहिलेको तुलनामा ठूलो हुने भएकोले मोटरसाइकलको कुल वजन ७ देखि १० किलोसम्म बढ्ने आकलन गरिएको छ ।
यसमा १७ इन्चको अलोय ह्विल, अगाडि र पछाडि डिस्क ब्रेक हुनेछ । त्यस्तै यसमा सिङ्गल च्यानल एबिएस पनि रहने नवभारत टाइम्सले जनाएको छ। यसमा हुने एलईडी स्क्रिन डुक २०० जस्तो हुने बताइएको छ ।
कम्पनीले भारतमा २०२१ केटिएम डुक १२५ को बुकिङ समेत खुलाई सकेको छ । नेपालमा डुक गोल्छा ग्रुपको हंशराज हुलासचन्द एन्ड कम्पनीले बिक्री वितरण गर्दै आइरहेको छ ।