नेसनल लाइफ इन्सुरेन्सले संशोधन गर्यो लाभांश दर |
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सको लाभांश संशोधन भएको छ । संशोधित लाभांश अनुसार अब लगानीकर्ताले १०.५३५ लाभांश पाउनेछन् । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०५ बोनस र कर तिर्न ०.५३५ नगद लाभांश दिने निर्णय गरेको हो ।
यसअघि कम्पनीले १५५ नगद लाभांश र २.५५ बोनस दिने घोषणा गरेको थियो । कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांशको दर परिमार्जन गरेको जनाएको छ । यसआधारमा अब बोनस सेयर बढेको छ । नगद भने केही कम भएको छ ।