वोमी लघुवित्तको ३० प्रतिशत बोनस वितरण गर्ने |
काठमाडौं । वोमी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्तको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस लघुवित्त र नागिरक लघुवित्त आपसमा गाभिएकोले मर्जरमा जाने संस्थालाइ बोनसमा लाग्ने कर छुट हुनेछ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।