एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको आवेदन खुल्यो, कहिलेसम्म दिने आवेदन? |
काठमाडौं । एनआइसी एसिया क्यापिटलले आज शुक्रबार मंसिर १२ गतेबाट एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुला गरेको छ । यसमध्ये १५% (७५ लाख) इकाई बिज पुँजीबापत कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिएको हो । यसमा मंसिर १६ गतेसम्म आवेदन दिन सकिन्छ ।
उक्त समयसम्म सबै इकाई बिक्री नभएमा मंसिर २६ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ ।