बीओके क्यापिटलले ४.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने |

काठमाडौं । बीओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा क्यापिटलका संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६÷७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुँजी रु. २१,००,००,०००.०० को ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४,५०,००० नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।