चन्द्रागिरी हिल्सलाई आईपीओ जारी गर्न अनुमति, सर्वसाधारणलाई साढे १८ करोड सेयर |

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । नियामक निकाय धितोपत्र बोर्डले चन्द्रागिरीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
बोर्डले चन्द्रागिरीलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले साढे १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति दिएको हो ।
यस अघि कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको सेयर जारी गर्न बोर्ड समक्ष आवेदन दिएको थियो । सोही अनुरुप कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर निष्काशन गर्नेछ । गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो ।
उक्त सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।