एशियन लाइफ इन्स्योरेन्सले गर्यो साधारण सभा आह्वान |
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले २०७७ पुष ४ गते होटल पुजन, वीरगञ्जमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।
साधारण सभाबाट कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४∕७५ वार्षिक प्रतिबेदन पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाब लगायतको प्रस्ताव पारित गर्दैछ ।
यस्तै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमा भन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने तयारी समेत गरेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गते देखि पुस ३ गते सम्म बुक क्लाज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर १८ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।