गुराँस लाइफको संचालक समिति निर्विरोध, अध्यक्षमा सर्वसम्मतिबाट विवेक दुगड चयन |

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष विवेक दुगड़को सभापतित्वमा मंसीर ४ गते सम्पन्न भएको छ ।
उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै, विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४/७५ को मुनाफाबाट जारि पुँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।
१०औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका छन् ।
नव निर्वाचित संचालक समितिको आजै बसेको १६२औं बैठकले विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको छ ।