धनगढीदेखि भेडेटारसम्मको चुनावी अभियानले ढकाल समूह उत्साही, भन्यो भारी मतान्तरले विजयी हुन्छौ | ८० प्रतिशतबढी मतले विजयी गराउने जिल्ला नगरको उद्घोष
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
महासंघको आसन्न विर्नाचनको क्रममा जिल्ला दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी तथा केन्द्रीय सदस्यहरुलाई प्रत्यक्ष रुपमा भेटगरी जिल्ला नगर अध्यक्षहरुले उक्त टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिलाएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका हुन् ।
जिल्ला अध्यक्षहरुले भेटघाटको क्रममा महासंघको नेतृत्व गर्न स्टेकहोल्डर चाहिने र त्यसका लागि एक मात्र विकल्प चन्द्र ढकाल रहेको समेत बताएका थिए ।