स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमिति सम्हाल्योे कार्यभार, अध्यक्षमा सन्तोष मैनाली |
काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ । संघले यसपाली अध्यक्ष निर्बिरोध चयन गरेको छ ।
सन्तोष मैनालीको अध्यक्षतामा एशोसिएसनको २६औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
मैनाली सेक्योक्योर्ड सेक्युरिटका संचालक हुन् । एशोसिएसनको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन् ।
सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन् ।
कार्यसमितिमा अध्यक्ष सहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसकेका व्यक्ति हुन् ।
एशोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो ।