सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ मोटरसाइकल |
काठमाडौं । रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘मिटियोर ३५०’ सार्वजनिक गरेको छ ।
यो फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ निर्धारण गरेको छ ।
यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ ।
‘मिटियोर ३५०’ मा बिएस६, ३४९ सिसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। यसले २०.५ एचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियर बक्स दिइएको छ ।
मिटियोर ३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ ।
यसको मद्दतले रोयल इन्फिल्ड एपसगँ कनेक्ट गरेर कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ओड मिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर लगायतका फिचर्स पनि दिइएको छ ।
मिटियोर ३५० डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिएइको छ ।