नयाँ स्मार्टफोन ल्याउने तयारीमा सामसङ |
दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए१२’ बजारमा ल्याउने तयारी गरेको भारतीय सञ्चार माध्यम जागरणले बताएको छ ।
एक रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए१२ सर्टिफिकेसन साइटमा देखाएकोले कम्पनीले उक्त फोन बजारमा लञ्च गर्न लागेको अनुमान गरिएको हो ।
कम्पनीले यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।
यो स्मार्टफोन ग्यालेक्सी ए११ को अपग्रेडेड भर्जन हुन सक्छ। अब आउने स्मार्टफोनमा प्रयोगकर्ताले एनएफसी सर्पोट सुविधा पाउने छन्। यसमा ६४ जिबी स्टोरेज हुने छ ।
सर्टिफिकेसन वेबसाइट एनएफसीमा यो फोनको फिचरबारे भने केही उल्लेख गरिएको छैन ।