सिटिजन्स बैंकले संशोधन गर्यो लाभांश |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ ।
बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । यस अघि बैंकले सो चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैंकले यस अघि प्रस्ताव गरेको कुल लाभांश अर्थात ११ प्रतिशत भने यथावत रहेको जनाएको छ ।
कात्तिक १९ गते बसेको सञ्चालक समितिको ३४६ औँ बैठकले सो संशोधन गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ ।