भारतीय सेनाध्यक्षविरूद्ध माइतीघरमा प्रदर्शन |

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको छ ।
विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए ।
सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्न पनि उनीहरूले माग गरेका थिए ।
प्रदर्शनकारीले भारतीय सेनाध्यक्ष नरवणेविरूद्ध पनि प्रदर्शन गरेका थिए ।
नरवणे कालापानी∕लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन् । उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए ।
भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी सम्मान गरिँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई बिहीबार मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ ।