प्राइम कमर्सियल र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्न मागे अनुमति |
काठमाडौं । प्राइम कमर्सियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । प्राइमले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता र कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन ।
प्राइमले ८ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र विक्री गर्न कात्तिक १४ गते निवेदन दिएको हो भने कामना सेवा विकास बैंकले १० वर्षे अवधिको वार्षिक ९ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र विक्री गर्न कात्तिक ३ गते निवेदन दिएको हो ।
प्राइमले कुल कित्तामध्य १४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।
त्यस्तै कामना सेवा लघुवित्तले कुल कित्तामध्य ४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड र कामना सेवा विकास बैंकको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।