तिनाउ मिसन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने, बोलायो विशेष साधारण सभा |

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले शेयर स्वामित्व परिवर्तन गर्न विशेष साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कार्तिक १७ गते बसेको बैठकले मंसिर ७ गते बैंकको केन्द्रिय कार्यलय, बुटवलमा दिउसो १ बजे साधारण सभा आह्वान गरेको हो ।
बैंकका हाल शेयर संरचना संस्थापकको ६३.५६ र सर्वसाधारण समूहको ३६.६७ प्रतिशत रहेको छ । संशोधनपछि संस्थापक समूहको ५३.३३ र सर्वसाधारण समूहको ४६.६७ प्रतिशत हुनेछ । नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तनका लागि स्वीकृत भएको साथै बोनस शेयर वितरणपछि शेयर संरचना परिवर्तन भएकोले प्रबन्धपत्र संशोधन गर्न लागिएको हो ।
यस्तै विशेष साधारणसभाले स्वीकृत गरिएको प्रस्तावित प्रबन्धपत्रको संशोधन कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि आवश्यकता अनुसार सोमा थपघट गर्न वा सच्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
विशेष साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक २६ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार कात्तिक २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।