एकैदिन २३ कोरोना संक्रमितको निधन, निधन हुनेको संख्या ९६० पुग्यो |

काठमाडौं । पछिल्लो एक दिनमा थप २३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा सो उल्लेख गरिएको छ ।
यो संख्यासँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।