एनएलजीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले? |
काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न मंसिर ५ गते १४ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बिहान १० बजेदेखि वेबिनार मार्फत सञ्चालन गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७५∕७६ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, बोनस शेयरको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।