ओरियन्टल होटलले बोलायो २३ औँ वार्षिक साधारण सभा, के के छन् प्रस्ताव ? |
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले मंसिर ४ गते तेइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । होटलले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा दिनको ११ बजे भर्चुअल माध्यम जुम एमबाट सो सभा सञ्चालन गर्न लागेको हो ।
सभामा सञ्चालक समितिको तेइसौँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६∕७७ को वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन् ।
साधारण सभा प्रयोजनार्थ होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन् ।