नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण |

काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले राष्ट्र बैंकका गभर्नरबाट शपथ लिएका छन् ।
नव नियुक्त अध्यक्षलाई आज कार्तिक ५ गते आयोजित एक भर्चुअल समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर माहा प्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।
२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ असोज २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।