नेपालमै छालाका सामग्री उत्पादन गर्दै ‘ए-वन नेपाल लेदर क्राफ्ट’ |
काठमाडौं । ‘ए-वन नेपाल लेदर क्राफ्ट प्रालि’ले नेपालमै छालाका सामान बनाई नेपाली बजारमा विक्री गरेको छ ।
विगत ४ वर्षदेखि नेपालमै लेदरको ज्याकेट बनाई विक्री वितरण गरिरहेको कम्पनीले भारत र पाकिस्तानबाट लेदर ल्याई आफ्नै फ्याक्ट्रीमा ठूलो परिमाणमा उत्पादन सुरू गरेको हो ।
मास्टर तथा कालिगढ पनि भारतबाट ल्याएर कम्पनीले ज्याकेट, पेन्ट, ब्याग, वालेट(पर्स), बेल्ट र क्याप बनाउने गरेको संस्थापक अनिल शाहले बताए ।
छालाजस्तै देखिने तर रेगजिनबाट बनेका चाइनिज ज्याकेटको तुलनामा केही महँगो भए पनि उपभोक्ताले नेपालमै बनाइएको छालाकै ज्याकेटमा ध्यान केन्द्रित हुन थालेको उनले बताए ।
उनले भने, ‘तर, अहिले नेपाली उपभोक्ताले गुणस्तरका कारण आफ्नै देशको उत्पादन छनोट गर्न थालेका छन् ।’
कम्पनीले उपभोक्ताको रोजाइ तथा उपभोक्ताले दिएको डिजाइन अनुसार पनि ज्याकेट बनाएर बेच्ने गरेको उनले बताए ।
कम्पनीको फेसबुक पेज (ए-वान नेपाल लेदर क्राफ्ट प्रालि) मा गएर पनि आफूलाई मनपर्ने डिजाइनको ज्याकेट देशभरका ग्राहकले अनलाइन अर्डर समेत गर्न सक्छन् ।
कम्पनीको घट्टेकुलोमा फ्याक्ट्री छ भने मैतीदेवी चोकमा शोरूम छ। शोरूममा ९ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको ज्याकेट तथा अन्य लेदरका सामान पाइन्छन् ।
कम्पनीले ठमेल र दरबार मार्ग क्षेत्र लगायत देशका विभिन्न सहरका पसलमा आफ्नो उत्पादन दिँदै आइरहेको छ ।
जाडोको मौसम सुरू भए पनि कोभिड–१९ का कारण यस वर्ष उपभोक्ता बढ्न नसकेको उनले बताए ।