काठमाडौं उपत्यकामा थपिए १७०२ जना कोरोना संक्रमित |

काठमाडौं । काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
डा.गौतमका अनुसारकाठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् । आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ ।